Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

खस्दा सोमबार रातिदेखि बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको हो । पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा पहिरो खसेको छ ।

अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बीचबाटोमै रोकिएका छन्। बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन्।

सोमबार रातिदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

लगातारको वर्षाले सडक पुनः सञ्चालनमा समस्या भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077