Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निगममा देखिएको कमीकमजोरी तत्काल सच्याउँन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

सोमबार न्युरोडस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा अध्ययन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्री अरगरियाले निगममा देखिएको कमीकमजोरी तत्काल सच्याउँन एक साताको समय दिएको र त्यसभित्र नसच्याए आफूले हस्तक्षेप गर्ने चेतावनी समेत दिए ।

कोरोनाले हवाई सेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुख मात्र नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए ।

'अन्तरिक उडान तर्फ निगमको जहाज बिगत एक बर्ष देखि थन्क्याएर राख्ने कारण बस्तुनिष्ठ नभएको हेरिनेछ', उनले भने, 'निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077