Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

'प्रधानमन्त्रीका कारण हामीले दुःख मात्र पाएका छैनौ, लज्जित समेत हुनु परेको छ'

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा लज्जित हुनुपरेको बताएका छन्।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन, हाछ्युँ गरेर, बेसार पानी खाएर कोरोना फाल्दिउँ भनेर सँसदमै बोल्ने गैर जिम्मेवारका कारण नेपालीहरुले दु:ख पाएको बताएका छन्।

'नेपाल अहिले कोरोना सँक्रमणको दरमा बिश्वमै अगाडी छ । छिटो भ्याक्सिन ल्याइयोस्।' भन्दै नेता श्रेष्ठले सरकार समक्ष आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्युँ गरेर ,बेसार पानी खाएर कोरोना फाल्दिउँ भएर सँसदमै बोल्ने गैर जिम्मेवार प्रमको कारणले हामी नेपालीले दुःख मात्र पाएका छैनौ,लज्जित हुनु परेको छ।नेपाल अहिले कोरोना सँक्रमणको दरमा बिश्वमै अगाडी छ ।छिटो भ्याक्सिन ल्याइयोस्।'

https://twitter.com/nksthaprakash/status/1404693157816664065

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077