Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

    ‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। विश्वमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरससम्बन्धी खोप नलिएका अमेरिकीहरुलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन् । अमेरिकी समय अनुसार सोमबार अपरान्ह उनले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भने, ‘यदि तपाई (अमेरिकी) नागरिकहरूले खोप लगाउनुभएको छैन भने बिना कुनै ढिलाई खोप लगाउनुहोस् । धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको बताउँदै उनले थपे, ‘हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ । सङ्क्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन ।’

    उनले सङ्क्रमणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृत्यु भएको उनले बताए । महामारीका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उनले भने, ‘अमेरिकालगायत विश्वका कुनै पनि मुलुकले महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोरेको छ ।’ संयुक्त राज्य अमेरिका खोप अभियानपछि महामारी नियन्त्रणका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उनले दावी गरेका छन् ।



    धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण भएको मृत्युको सङ्ख्या उल्लेख्य रूपमा घट्दैछ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन ।



    यसैबीच ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनका क्रममा उनले अमेरिकामा कोरोनाभाइरसबाट अझै पनि औसत दैनिक ३७० व्यक्तिको मृत्यु भइरहेको बताएका छन् ।

    रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार राष्ट्रिय रूपमा आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत बयस्क अमेरिकीहरुले खोपको कम्तिमा एउटा मात्रा लगाउने उद्देश्य राखेको छ । सरकारको यो उद्देश्य पूरा हुन सहज भने देखिएको छैन । राष्ट्रव्यापी रूपमा १८ वर्षभन्दा माथिका करीब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खोपको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार