Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमिकस क्युरीमा सर्वोच्चबाट दुई जना सिफारिस, नेपाल बारबाट भने अझैँ टुंगो लागेन

    एमिकस क्युरीमा सर्वोच्चबाट दुई जना सिफारिस, नेपाल बारबाट भने अझैँ टुंगो लागेन

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संसद विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीका रुपमा दुई जनालाई सिफारिस गरेको छ ।

    आज बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको कार्यसमिति सदस्य विकास भट्टराईले जानकारी दिए ।



    जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो ।



    यस्तै, सर्वोच्च बारले दुई जनालाई सिफारिस गरिसक्दा पनि नेपाल बार एशोसिएसनले भने अहिले सम्म सिफारिस गरिसकेको छैन। कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार