Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रदेश २मा ३३ अर्ब ७९ करोडको बजेट, १ अर्ब आन्तरिक ऋणमा प्रदान गरिने

    प्रदेश २मा ३३ अर्ब ७९ करोडको बजेट, १ अर्ब आन्तरिक ऋणमा प्रदान गरिने

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.6K
    SHARES

    जनकपुरधाम । प्रदेश २ सरकारलेआर्थिक वर्ष २०७८–०७९ को लागि ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनिक गरेको छ ।

    आज प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले सार्वजनिक गरेको बजेटको कुल चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।



    प्रदेश २ सरकारले यसअघिको  आर्थिक बर्षमा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरिएको थियो ।



    बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए । उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार