Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हेलम्बु पहिरोमा ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परेर ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ ।

हेलम्बु गाउँपालिका–१ मा गएरापत पहिरो जाँदा तिम्बु बजारका सात घर बगाएको छ । सात वटा माछापालन गरिएको पोखरी बगाएको छ ।

मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको वडा नम्बर २ का अध्यक्ष छिरीङ ग्याल्बु लामाले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा क्षति पुगेको छ । प्रहरीले खोजी तथा उद्धारको काम गरिरहेको छ ।

सडक अवरुद्ध भएका कारण राहत तथा खोजीको काम प्रभावित भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077