Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लम्जुङमा स्थानीयहरु खोलामा फसेपछि डोजरबाट यसरी गरियो उद्धार

    लम्जुङमा स्थानीयहरु खोलामा फसेपछि डोजरबाट यसरी गरियो उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 1.7K
    SHARES

    लमजुङ । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयलाई डोजरबाट उद्धार गरिएको छ ।

    मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए । उनीहरूलाई बुधबार बिहान उद्धार गरिएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए ।



    खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान नसकेपछि डोजरको सहायताबाट खोला तारिएको उनले बताए।



    मेयर पाण्डेका अनुसार आज बिहान मिदिम खोलालाई डोजर लगाएर विभिन्न भंगालोमा पानी पठाएर स्थानीय ९ जनालाईउद्धार गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार