Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बाढी पहिरोका कारण सुडानका ६ राज्यमा आपतकाल घोषणा

    बाढी पहिरोका कारण सुडानका ६ राज्यमा आपतकाल घोषणा

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो ।

    आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका छ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।



    सरकारी अधिकारीहरुका अनुसार रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो । मन्त्रीपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गर्ने र आवश्यक सहयोगको प्रवन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिएका छन् ।



    बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार