Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पाकिस्तानमा बाढी पहिरो : करिब एक हजारको मृत्यु, आपतकालको घोषणा

    पाकिस्तानमा बाढी पहिरो : करिब एक हजारको मृत्यु, आपतकालको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । पाकिस्तानमा मनसुनी वर्षा जारी रहँदा करिब एक हजार जनाको मृत्यु भएको छ ।

    बाढी पहिरोका कारण करिब तीन करोड भन्दा बढी व्यक्ति आश्रयविहीन भएको त्यहाँको सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।



    लगातारको बाढीका कारण जनधनको क्षति हुने क्रम जारी रहेकाले पाकिस्तान सरकारले आपतकालको घोषणा गरेको छ ।



    राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुन मध्यदेखि ३४३ बालबालिकासहित कम्तिमा ९३७ जनाको मृत्यु भएको छ । बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको ठूलो क्षेत्रजलमग्न भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार