Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बझाङ, बैतडी र डडेल्धुरालाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्ने गृहमन्त्री खाँणको उद्घोष

    बझाङ, बैतडी र डडेल्धुरालाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्ने गृहमन्त्री खाँणको उद्घोष

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    बझाङ । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन्।

    बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आएका मन्त्री खाँणले बाढीपहिराका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताए ।



    प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिराबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गरे। उनले प्रधानमन्त्री विदेशबाट फर्कीसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।



    मन्त्री खाँणले प्रभावित परिवारलाई प्रक्रिया पु¥याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी पनि दिए । बाढीपहिरापीडित नागरिकका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य भएर बस्न आग्रहसमेत गरे।

    मन्त्री खाँणले बाढीपहिरामा परेर मृत्यु भएकाको परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार रु ५० हजार दिने निर्णयसमेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयवासीलाई आग्रह गरे ।

    गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको बाढीपहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार