Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक (तालिकासहित)

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

आज प्रिमियर लिग बोर्डले सन् २०२१/२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार लिगको नयाँ सिजन अगस्ट १४ बाट सुरु हुनेछ । जसमा पहिलो दिनमै १० खेलहरु हुनेछ ।

पहिलो खेलमा गत सिजनको च्याम्पियन म्यानचेस्टर सिटीले टोटेनहमसँग उसैको मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । भने म्यानचेस्टर युनाईटेडले लिड्ससँग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।

यस्तै, चेल्सीले आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा खेल्ने छ भने उपाधिको दाबेदार लिभरपुलले आफ्नो पहिलो खेलमा नर्विच सिटीको भ्रमण गर्नेछ।

यसैगरी, आर्सनलले ब्रेन्टफोर्डसँग खेल्दा लेष्टरले उल्भ्ससँग खेल्नेछ ।

यता सोही दिन एभर्टनले साउथह्याम्पटनसँग खेल्दा बर्नलीले ब्राइटन, न्युकासलले वेस्ट ह्याम र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने तालिकामा उल्लेख रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077