Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप फुटबलमा रुसको पहिलो जित

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित हाँसिल गरेको छ ।

बुधबार साँझ भएको समूह चरणको आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित हाँसिल गरेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

यस जितसँगै समूह 'बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077