Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'पहाडी क्षेत्रमा पहिरोको प्रमुख कारण डोजरे विकास हो, यसलाई रोकौँ'

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बाढी र पहिरोको क्षतिबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन्

मनसुन सक्रिय भएर देशभर भारी वर्षासँगै आएको बाढी र पहिरोले जनधनको क्षति पुर्याइरहेको अवस्थामा आज बिहान समाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले आगामी दिनमा सचेत हुनुपर्ने बताएका हुन्।

देशको हिमाल–पहाड–तराईको संवेदनशील भू–भौतिक संरचनालाई ध्यान दिँदै डोजरे विकास रोक्नुपर्ने पनि नेता भट्टराईको भनाइ छ।

सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले भनेका छन्, ‘बर्षाको शुरूमै वाढीपहिरोको वितण्डा र जनधनको क्षतिबाट पाठ सिकौं । गल्ती नदोहोर्याऊ!’

यस्तै, अध्यक्ष भट्टराईलले सुरक्षा, उद्धार, पुनर्स्थापना निम्ति संघ, प्रदेश र स्थानीय तहको संयोजनमा सम्पूर्ण शक्ति तत्काल परिचालन गर्नुपर्ने बताएका छन्।

https://twitter.com/brb1954/status/1405352909726834691

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077