Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केन्यामा ८ जना नेपाली युवतीलाई थुनेर बेली डान्स गराउने व्यक्तिलाई ३८ लाख जरिवाना

    केन्यामा ८ जना नेपाली युवतीलाई थुनेर बेली डान्स गराउने व्यक्तिलाई ३८ लाख जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । केन्याको राजधानी नैरोबीको एक क्लवमा ८ जना नेपाली युवती र एक पाकिस्तानी युवती गरी ९ जनालाई थुनेर राख्ने व्यवसायीलाई ३ वर्ष जेल र ३५ लाख केन्याली शिलिङ (३८ लाख नेपाली रुपैयाँ) जरिवानाको सजाय सुनाइएको छ ।

    केन्याको सिटिजन टेलीभिजनको रिपोर्टअनुसार ती व्यवसायीहरुले ती युवतीहरुलाई थुनेर राखेर क्लवमा बेली डान्स गराउने गरेका थिए।



    गत मंगलबार त्यहाँको एक अदालतले व्यवसायी शेख फुरोआन हुसेनलाई एसियाबाट युवतीको तस्करी गरेर केन्यामा गैरकानुनी रुपमा राखेको अपराधमा दोषी ठहर गरेको हो।



    हुसैनलाई अदालतले ती युवतीहरुको शोषण गरेको र उनीहरुको यात्रा डकुमेन्टहरु जबरजस्ती कब्जा गरेकोमा दोषी ठहर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार