Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बलात्कारको आरोपमा सुनसरीबाट असई पक्राउ

    बलात्कारको आरोपमा सुनसरीबाट असई पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 3.7K
    SHARES

    फाइल फोटो

    सुनसरी । एक युवतीलाई बलात्कार गरेको आरोपमा झापामा कार्यररत असईलाई सुनसरीबाट पक्राउ गरिएको छ ।

    सप्तरीको बोदे बर्साइन नगरपालिका १ धनगढी घर भइ हाल झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डललाई युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले पक्राउ गरेको हो।



    तेइस वर्षीया युवतीले साउन ९ गते सुनसरीको इटहरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि मण्डललाई पक्राउ गरिएको हो ।



    सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार