Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौँ महानगरका मेयर-उपमेयरबीच रडाँको, शाक्यको काम खड्कीलाई चित्त बुझेन

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेकाे भन्दै नगरसभा बैठक उपमेयर हरिप्रभा खड्गीले बहिष्कार गरेकी छिन् ।

नीति तथा कार्यक्रम एकै चोटी नगर कार्यपालिकाको बैठकमा ल्याएर सुनाएको र सुधार गर्ने अवसर समेत नदिएको कारण सभा बहिष्कार गरेको खड्गीले बताएकी छन् ।

महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो ।

‘नीति तथा कार्यक्रममा केके राख्ने भन्ने विषयमा सोध्नु त भएको थियो तर पछि केके आए भन्ने कुरा एकैचोटी बैठकमा मात्रै सुन्यौं’ उपमेयर खड्गीले भनिन्, ‘सबैको हातहातमा दिएर केही सुझाव भए २ दिनभित्रमा दिनु भनेर समय दिनुपर्नेमा नीति तथा कार्यक्रम सुन्नमात्रै दिएको छ, सुनेरमात्रै हुँदैन भन्ने हाम्रो कुरा हो ।’

उपमेयरसँगै महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले समेत बहिष्कार गरेका छन् ।

सभा बहिष्कार गरेपछि मेयर शाक्यले उपमयेर खड्गीलाई टेलिफोन गरेका थिए । तर आफूले सुधार्नु पर्ने कुरा नसुधारे सहयोग नगर्ने प्रतिक्रिया दिएको उनले बताइन् ।

करको दायरा फराकिलो बनाई १० प्रतिशत रहेको घरबहाल कर लगायतमा छुट दिनुपर्ने कुरा समेत आफूले उठाएको खड्गीले बताइन् । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने आफ्नो प्रस्ताव पनि नीति तथा कार्यक्रममा समेटिन नसकेको उनको भनाइ छ ।

‘हाम्रो कुरा सुन्नुभन्दा पनि संघीय सरकारकै हिसाबले अघि बढ्नुभएको छ, अहिले अन्य कुराहरु पनि उठेका छन्’ उनले भनिन्, ‘मोनोरेलको विषय नै हराएको छ, खै त्यो कहाँ गयो भनेर पनि वडाध्यक्षहरुले प्रश्न उठाउनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077