Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप फुटबल : आज तीन खेल हुँदै

एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछ ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ ।

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच साँझ ६:४५ बजे सुरु हुनेछ ।

यस्तै, आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह 'बी' बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

यसैगरी, आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077