Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका नेता चौधरी हतियारसहित पक्राउ

उदयपुर । जनता समाजवादी पार्टी (जसपा)का जिल्ला कमिटी सदस्य हतियारसहित पक्राउ परेका छन् ।

आज दिउँसो त्रियुगा नगरपालिका–३ मोतिगढाबाट जसपा जिल्ला कमिटी सदस्य परशुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालका अनुसार पक्राउ परेका चौधरीको कान्छी श्रीमती श्यामकुमारीको घरमा अवैध हतियार लुकाइराखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो ।

चौधरीको घरबाट मेडिन यूएस लेखिएको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोली बरामद भएको छ ।

चौधरी द्वन्द्वकालमा नेकपा माओवादीको लडाकु, त्यसपछि पार्टीका विभिन्न कमिटीमा सक्रिय रहँदै २०७७ साल माघ ४ गतेयता जसपाबाट राजनीतिक गतिविधि गरिरहेको देखिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको एसपी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077