Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२,६०७ जनामा संक्रमण पुष्टि हुँदा २,१४१ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७११ जनाको पीसीआर र  ४ हजार ७७३ जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १७६८ र ८३९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १४१ जना निको भएर घर फर्केका छन् ।

यसैगरी, गत २४ घण्टामा ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ।

यसअघि हिजो २,५२८ जना संक्रमित थपिँदा ३२८ जना डिस्चार्ज भएका थिए भने ५२ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077