Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महाधिवेशन कार्यतालिका संशोधनसहित पारित, अधिवेशन साउन १२ देखि हुने

काठमाडौँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित पारित गरेको हो ।

यसैबीच, नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने भएको छ ।

यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो ।

यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077