Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कोरोनासँगै पानीजन्य रोग फैलन सक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै बाढीपहिरोको जोखिमका बेला पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन सबैमा अपील गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजर हुनु जरुरी रहेको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ–‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ। उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077