Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोपा अमेरिकामा ब्राजिल विजयी

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ ।

ब्राजिलले पेरुलाई ४–० गोलअन्तरले हराएको हो । । ब्राजिलका लागि खेलको ११ औं मिनेटमा एलेक्स सान्द्रो र ६८ औं मिनेटमा नेयमारले गोल गरे । यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोल गरे ।

थपिएको समयको तेस्रो मिनेटमा रिर्चलिसनले गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए । यसअघि नेयमारलाई लडाएको भन्दै रेफ्रिले ब्राजिललाई पेनाल्टी दिएका थिए । भिडियो एसिस्टेन्ट रेफ्री भीएआरमा हेर्दा पेरुको खेलाडीको गल्ती नदेखिएकाले पेनाल्टीको निर्णय फिर्ता लिएका थिए ।

जितसँगै समूह ए मा रहेको ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल हारेको पेरु अङ्कविहीन छ ।

अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डेइजले रातो कार्ड खाँदै बाहिरिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077