Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप फुटबलमा आज तीन खेलहरु हुँदै

एजेन्सी । युरोपको विभिन्न सहरहरुमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज पनि तीन खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । यी दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह 'डी' मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो।

यसैगरी, आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूह 'डी' को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077