Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खुकुरी प्रहार गरेर यादवको हत्या गर्ने ४ युवक जेल चलान

रामनारायण यादव / सप्तरी । कुटपिट गरी हत्या गर्ने चार जना युवक पुर्वक्षका लागि जेल चलान भएका छन् ।

सप्तरीको खडक नगरपालिका वडा नम्वर ५ का ३० वर्षीय बिनय यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र ३१ वर्षीय महेशकुमार पासवानलाई सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको छ ।

उनीहरुलाई बिहीबार कारागार चलान गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

गत जेठ ६ गते दिउँसो जिल्लाकै रुपनी गाउँपालिका वडा नम्वर १ रुपनी राजविराज सडक खण्डमा उनीहरुले खुकुरीलगायतको हतियार प्रयोग गरी जिल्लाको खडक नगरपालिका वडा नम्वर ५ का ५० वर्षीय रामदल यादवलाई उनीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना लगतै चार जना पक्राउ परेका थिए । घटनामा संलग्न अन्य केहि व्यक्तिहरु फरार र उनीहरुको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077