Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप : स्पेन पेनाल्टीमा चुक्दा पोल्यान्डसँग बराबरी

एजेन्सी । युरो कप फुटबलको समूह ई को खेलमा स्पेन र पोल्यान्ड बराबरीमा रोकिएका छन् ।

घरेलु मैदानमा गएराति भएको खेलमा स्पेन पोल्यान्डसँग १–१ गोलको बराबरी खेल्यो । खेलको २५औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

५४ औं मिनेटमा पोल्यान्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो । तर जेरार्ड मोरेनोले गोल गर्न भने सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । बराबरीसँगै स्पेन दुई अङ्कसहित तेस्रो स्थानमा तथा पोल्यान्ड एक अङ्कसहित पुछारमा छ ।

यो समूहमा स्वीडेन शीर्ष स्थानमा तथा स्लोभाकिया दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077