Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संचारकर्मी रुपालाई जातका कारण कोठा नदिने घरबेटी पक्राउ

    संचारकर्मी रुपालाई जातका कारण कोठा नदिने घरबेटी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । जातका कारण कोठा भाडामा दिने कवुल गरेपछि पनि कोठा भाडामा नदिने घरबेटी पक्राउ परेकी छिन् ।

    महानगरीय प्रहरी वृत्त सिंहदरबारले काठमाडौंको बबरमहलस्थितकी घरबेटी महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहलेजानकारी दिए ।



    एसएसपी सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधान रहेकी छिन्।



    ‘उनलाई भर्खरै पक्राउ गरिएको हो, अब जिल्ला अदालतमा लगेर म्याद थप्छौँ अनि अनुसन्धानलाई अगाडी बढाउछौँ,’ एसएसपी सिंहले भने।

    यसअघि गत असार ३ गते घरबेटी प्रधानविरुद्ध दलित भएकै कारण कोठा नदिने भनिएपछि सञ्चारकर्मी रुपा सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।

    प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

    त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार