Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जातीय विभेदविरुद्द रुपा सुनारको रिट

    सर्वोच्चद्वारा शिक्षामन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

    सर्वोच्चद्वारा शिक्षामन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा लिखित जवाफ माग गरेको छ ।

    सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेकाे भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।



    साेहि रिटका आधारमा न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग गरेको हाे ।



    मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार