Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • छुवाछुतका घटना हुन नदिन निरोधात्मक कार्यका लागि संसदीय समितिको निर्देशन

    छुवाछुतका घटना हुन नदिन निरोधात्मक कार्यका लागि संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 894
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना हुन नदिनका लागि निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ।

    उक्त समितिको बुधबारको बैठकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना भइसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना हुनै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको हो।



    समयका साथै अन्य स्रोतसाधनको लगानीको प्रतिफल कत्तिको सन्तोषजनक छ वा सन्तोषजनक परिणामको लागि सुधार गर्नुपर्ने विषयको बारेमा अध्ययन, हालसम्मको उपलब्धि मापन गर्न पनि समितिले निर्देशन दिएको छ।



    न्यायसंगत सम्बोधन हुने गरी कार्यसम्पादन गर्न र आयोगले हालसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न पनि भनिएको छ। आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्नसक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न दलित आयोगलाई निर्देशन दिइएको छ।

    आयोगमा दरबन्दीअनुसार कर्मचारी उपलब्ध नगराएको र उपलब्ध कर्मचारी पनि छिटोछिटो सरुवा भएर अन्यत्र जाने हुँदा र यसबाट आयोगको कार्यसम्पादनमा प्रतिकूल प्रभाव पर्ने गरेको विषयलाई समाधान गर्न गराउन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन गरेको छ।

    स्थापनाको दुई दशक र संवैधानिक मान्यता प्राप्त गरी कार्यसम्पादन गरेको सात वर्ष पूरा गर्दासमेत दलित समुदायको बहुआयामिक, बहुपक्षीय वा समग्रताको विषयमा आशाअनुरुप प्रगति गर्न नसकेको विषयमाथि बैठकमा छलफल भएको थियो।रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार