Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपा सुनार प्रकरण

    घरबेटीलाई लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण

    घरबेटीलाई लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी सरस्वती प्रधानलाई छुटाउन पुगेको विषयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबार प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आवेशमा आएर यस्तो काम नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् मन्त्रीज्यू । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’



    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीको भनाइलाई उधृत गर्दै थपे, ‘मन्त्री श्रेष्ठको कामलाई ‘दुर्भाग्यपूर्ण’ समेत रहेको र स्वयम् प्रधानमन्त्रिको समेत ध्यानाकर्षण रहेको छ।’



    केही दिनअघि सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी गाडीमा लिफ्ट दिएका थिए । उनको यो शैलीको सर्वत्र बिरोध हुदै आइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार