Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

४० हजार घुससहित वनका हाकिम पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित वनका हाकिमलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ सव–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेल रहेका छन्।

आयोगका अनुसार पक्राउ परेका पौडेलले सेवाग्राहीबाट फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भनेर ४० हजार दिनुपर्छ भन्दै घुस मागेका थिए ।

उक्त आयोगको टंगालबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट चालीस हजार रुपैयाँ घुस/रिसवत लिएको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

अख्तियारले आफैं घुस दिएर स्टिङ गर्ने कार्य असंवैधानिक भनी सर्वाेच्च अदालतले बदर गरेको थियो। यस घटनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077