Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पत्रकारलाई पारिश्रमिक नदिएको गुनासोपछि महासंघले सञ्चार गृहको अनुगमन गर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका बेला काममा खटिएका श्रमजीवि पत्रकारलाई पारिश्रमिक नदिएको, कामबाट निकालेकोजस्ता गुनासो आएपछि नेपाल पत्रकार महासंघ अनुगमनमा निस्कने भएको छ ।

आइतबार महासंघले एक प्रेस विज्ञप्ति जारी गरेर सोमबारबाट सञ्चार गृहमा अनुगमनमा जाने जानकारी दिएको हो ।

‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077