Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घरभाडामा जातीय भेदभाव

    पक्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखिने

    पक्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखिने

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जातका कारण कोठा भाडामा दिने कवुल गरेपछि पनि कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधानलाई ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ ।

    महानगरीय प्रहरी वृत्त सिंहदरबारले काठमाडौंको बबरमहलस्थितकी घरबेटी प्रधानलाई दलित भनेर संचारकर्मी रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ गरेको थियो।



    महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो । परीसरका एसपी रमेश बस्नेतले भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर पक्राउ गरिएको छ । अब ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिन्छ ।’



    अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उनले बताए । तर, ३ दिनको अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्ने उनको भनाइ छ ।

    यसअघि गत असार ३ गते घरबेटी प्रधानविरुद्ध दलित भएकै कारण कोठा नदिने भनिएपछि रुपाले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।

    प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

    त्यस बमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको एसपी बस्नेत बताउछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार