Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्वाचन आयोगले माग्यो ठाकुर पक्षसँग लिखित जवाफ

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ।

यसअघि जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले आयोगमा आधिकारिकता दाबी गरेपछि आयोगले अर्का अध्यक्ष ठाकुर पक्षसँग लिखित जवाफ मागेको हो।

आज बसेको आयोगको बैठकले लिखित जवाफ पेस गर्न पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिँदै भने, ‘आजको बैठकले उहाँहरूलाई राजनीति दलको ऐनसम्बन्धी, २०७३ को दफा ४४ को उपदफा २ अनुसार पत्र काटेका छौँ। उहाँहरूको जवाफ आएपछि प्रक्रिया अघि बढ्छ।’

अध्यक्ष यादव पक्षले दाबी गरेको निवेदनको प्रतिलिपिसहितको पत्र पठाउने तयारी भइरहेको उनले बताए।

अध्यक्ष यादव पक्षले आइतबार बहुमत केन्द्रीय कार्यकारिणी समितीको बहुमतसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको थियो। उनीहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए।

अध्यक्ष यादव समूहले ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जनाको हस्ताक्षरसहित निर्वाचन आयोगमा दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077