Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गण्डकीमा मन्त्रीको बार्गेनिङ, दीपक मनाङे प्रचण्ड निवासमा

काठमाडौँ । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ उर्फ 'दीपक मनाङे'ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेका छन् ।

आज मन्त्री मनाङे' पोखराबाट काठमाडौँ आएर अध्यक्ष प्रचण्डको निवासमा पुगेर भेट गरेका हुन्।

भेटपश्चात् सामाजिक संजाल फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै मनाङे'ले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् ।
पछिल्लो समय गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मन्त्री मनाङे त्यसका लागि प्रचण्डलाई भेट्न आएको बुझिएको छ।

यसअघि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन् ।

११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077