Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सामाजिक अभियान्ताको नाममा धम्क्याउँदै हिड्ने ज्वाला संग्रौलासहित ३ जना पक्राउ

काठमाडौँ । सामाजिक अभियान्ता हुँ भन्दै हिड्ने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेमा आफूलाई अभियन्ता हुँ भन्ने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

आज महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा संग्रौलासहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो।

महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए । उनीहरुमाथि कुटपिट, धम्क्याउने, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

आज प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077