Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्यारेकभित्रै नेपाली सेनाका जवानले आफैंमाथि गोली हाने

काठमाडौं ।  नेपाली सेनाका एक सैनिक जवानले  आफैंमाथि गोली हानेका छन् । गोली लागेका उनको अवस्था अहिले गम्भीर छ ।

वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत सिपाही पर्सा पोखरिया–७ का श्यामबाबुप्रसाद चौहानले गएराति ८ बजे आफैंमाथि गोली हानेका हुन् ।

चौहानको आँखा नजिकैबाट गोली निस्किएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले आफूले आफैंलाई गोली हानेको देखाएको छ ।

पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार घटनालगत्तै नेशनल मेडिकल वीरगञ्ज पुर्याइएका उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

चौहानले किन आफैंलाई गोली हाने भन्नेबारे खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077