Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युकेजी र प्ले ग्रुपका छात्राहरुलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

मनाङ । जिल्लाको नार्पाभूमी गाउँपालिका-१ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङ रहेका छन्।

उक्त विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077