Online Nepal
  • शनिबार, १० साउन २०८२
  • नेपाल प्रहरीका डिआईजीहरुको सरुवा, सिआईबीमा धिरजप्रताप सिंह (सूचिसहित)

    नेपाल प्रहरीका डिआईजीहरुको सरुवा, सिआईबीमा धिरजप्रताप सिंह (सूचिसहित)

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 5.4K
    SHARES

    काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात जना र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख रहेको डिआईजीहरुको एकबर्षे कार्यकाल पूरा भएसँगै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवा गरेको हो ।

    प्रहरी प्रधान कार्यालयले १६ जना डिआईजीहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीमा प्रदेश नम्बर २ का प्रमुख डिआईजी धिरजप्रताप सिंहको सरुवा भएको छ भने सिआईबीमा रहेका डिआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।



    त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका डिआईजी अरुण कुमार बिसीको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगर, बागमती प्रदेश कार्यालय हेटौंडामा प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा रहेका डिआईजी प्रकाशजंग कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरमा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा रहेका डिआईजी दिवेश लोहनी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा रहेका डिआईजी मुकुन्दराज आचार्यको सरुवा भएको छ ।

    त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा रहेका डिआईजी गणेश बहादुर ऐर, सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रसासन विभागमा रहेका पुरुषोत्तम कँडेल, अख्तियारमा डिआईजी बसन्त पन्तको सरुवा भएको छ ।

    २ नम्वर प्रदेश प्रहरी कार्यालयमा उमेश रन्जितकारको सरुवा भएको छ।

    त्यसैगरी, डिआईजी उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालय, डिआईजी रविन्द्र बहादुर धानुकको प्रहरी प्रधान कार्यालय कार्य एवं अनुसन्धान विभागमा सरुवा भएको छ । आईजीपीको सचिबालयमा भने बागमती प्रदेश कार्यालय हेटौंडामा रहेका बसन्त लामाको सरुवा  भएको छ।

    यस्तो छ सरूवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार