Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाका १२ सहायकरथीको सरूवा

काठमाडौं । सैनिक मुख्यालयले नेपाली सेनाका १२ जना सहायकरथीको सरुवा गरेको छ । सैनिक मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई महत्वपूर्ण विभागका प्रमुखसहित १२ जना सहायकरथीको सरुवा गरेका हुन् ।

प्रधानसेनापति थापाले प्रधानसेनापतिको सैनिक सहायकमा चोकबहादुर ढकाल र सैनिक सचिवमा सुनिल श्रेष्ठको सरुवा प्रस्ताव गरेका छन् । सेनामा सैनिक सचिव र सैनिक सहायक सबैभन्दा महत्वपूर्ण र शक्तिशाली विभाग मानिन्छ ।

ढकाल र श्रेष्ठदुवै जना २८ बेसिकका सैनिक अधिकृत हुन । उनीहरुले चीनबाट एनडिसी गरेका छन् । सेनामा दुवै जना व्यवसायिक र ऐकेडेमिक अधिकृतका रुपमा चिनिन्छन्

त्यसैगरी सहायकरथीहरु विजय थापा कल्याणकारी निर्देशनालयमा, प्रकाश देउजा २ बाहिनी, मानबहादुर महरा ५ बाहिनी, कृष्णदेव भट्ट नितिमा र नकुल रायामाझीको रणनीति निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077