Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्ट्रिया पहिलो पटक युरोकपको नकआउट चरणमा

एजेन्सी । अस्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

उसका लागि बोम्गाटर्नले गोल गरे । समूह सी मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

युक्रेनको पनि अन्तिम १६ मा पुग्ने आशा जीवितै छ । त्यसका लागि उसले समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077