Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा अपराध बढ्दै, बौद्धमा मानिसको गोडा भेटिएको दुई साता नवित्दै दक्षिणकालीमा महिलाको शब फेला

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि भन्दै जारी गरेको निषेधाज्ञाको समयमा काठमाडौंमा आपराधिक कृयाकलाप झन बढ्दै गएका छन् । दुई साता अघि बौद्धमा पनि बोरामा फ्यालिएको अवस्थामा मानिसको गोडा भेटिएको दुई साता नवित्दै दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ।

महानगरिय अपराध महाशाखाका अनुसार दक्षिणकाली पार्किङ रहेको पिकनिक स्पट नजिकै शव फेला परेको हो । ुअनुहार नचिनिने अवस्थामा शव फेला परेको हुँदा । यद्यपी शवको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

यसअघि जेठ २५ गते काठमाडौंको बौद्धमा पनि बोरामा फ्यालिएको अवस्थामा मानिसको गोडा फेला परेको थियो। त्यसबारे अहिलेसम्म केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077