Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप : क्रोएशिया नकआउट चरणमा

एजेन्सी । युरोकप फुटबलमा क्रोएशिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ गोलले हराउँदै क्रोएशिया समूह उपविजेता बनेको हो ।

क्रोएशियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

जितसँगै समूह डी को क्रोएशियाले ३ खेलमा ४ अंक जोडेको छ । एउटा अंक जोडेर समूहको पुछारमा रहेको स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077