Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तालिवानद्वारा अफगानिस्तानमा ५० जिल्ला कब्जा

    तालिवानद्वारा अफगानिस्तानमा ५० जिल्ला कब्जा

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा विद्रोही समूह तालिवानले ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ ।

    हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भएपछि तालिवानले प्रान्त र जिल्लालाई कब्जा गर्न थालेको छ ।



    तालिवानका कारण अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तालिवानले ठाउँ ठाउँमा बारुदी सुरुङ बिछ्याएका बीबीसीले जनाएको छ ।



    शान्ति वार्ताको प्रयास भइरहे पनि तालिवान वार्ताका लागि इच्छुक देखिएको छैन । अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखदेखि आफ्नो सेनालाई फर्काउने तयारी गरेको छ ।

    अफगानिस्तानमा विद्रोहीको आक्रमणका कारण पोलियो थोपा खुवाउने अभियानसमेत प्रभावित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार