Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसद्वारा 'ब्ल्याक सी'मा बेलायती युद्धपोतमाथि बम प्रहार , बेलायतले अस्वीकार गर्‍यो

एजेन्सी। रुसको सेनाले ब्ल्याक सीमा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप गोली प्रहार गरेको भनाइलाई बेलायतले अस्वीकार गरेको छ।

रुसको रक्षा मन्त्रालयले बेलायती युद्धपोत एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेपछि गस्ती गरिरहेको एउटा रुसी लडाकु पानीजहाजले गोली प्रहार गरेको र अगाडिको जलमार्गमा एउटा लडाकु विमानले बम प्रहार गरेको जनाएको थियो।

तर ब्रिटिश रक्षा मन्त्रालयले भनेको छ, 'एचएमएस डिफेन्डर माथि चेतावनी स्वरूप प्रहार गरिएको छैन।'

उसले त्यो पानीजहाज युक्रेनको जलक्षेत्रमा रहेको बताएको छ। 'रोयल नेभी शीप अन्तर्राष्ट्रिय कानुन बमोजिम युक्रेनी क्षेत्र हुँदै बिना कुनै गलत नियत यात्रा गरिरहेको छ' रक्षा मन्त्रालयले भनेको छ।

रुसले ब्रिटिश नौसेना रोयल नेभीको डिस्ट्रोइअर लडाकु पानीजहाज उसको जलक्षेत्रमा प्रवेश गरेपछि त्यसमाथि गोली प्रहार गर्नुका साथै अगाडिको जलमार्गमा बम खसालेको बताएको थियो।

उक्त घटना क्राइमिया नजिकै भएको बताइएको छ, जसलाई रुसले सन् २०१४ मा युक्रेनबाट आफूमा गाभेको थियो। मस्कोका अनुसार उक्त चेतावनी स्वरूप गरिएको कार्वाही पछि एचएमएस डिफेन्डरले आफ्नो बाटो मोडेको थियो।

इन्टरफ्याक्सले मन्त्रालय स्रोतलाई उल्लेख गर्दै जनाए अनुसार ब्रिटिश दूतावासका रक्षा सहचारी डिफेन्स एट्याशेलाई रुसी विदेश मन्त्रालयमा डाकिएको थियो।

एचएमएस डिफेन्डर टाइप ४५ वर्गको लडाकु पानीजहाज हो जुन यूकेको क्यारिअर स्ट्राइक ग्रुप भनिने समूहको एक भाग हो।

रोयल नेभीको वेबसाइटका अनुसार उक्त लडाकु पानीजहाज ब्ल्याक सी क्षेत्रमा परिचालित छ।  -बिबिसी  नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077