Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इजलासमा बहस जारी : राष्ट्रपतिकाे अधिकारबारे राम्राेसँग व्याख्या हुनुपर्ने भयो

    इजलासमा बहस जारी : राष्ट्रपतिकाे अधिकारबारे राम्राेसँग व्याख्या हुनुपर्ने भयो

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्न माग गर्दै दायर गरिएको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको छ ।

    पहिलोपटक गरिएको विघटन बदर भइसकेपछि प्रधानमन्त्रीले पुनः दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट भएको विघटनविरुद्ध परेको रिटमाथि बहस सुरु भएको हो ।



    आज दोस्रो दिनको बहस सुरु भएसँगै इजलासमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला हुनुपर्ने माग गरेका छन्।



    संविधान सभाले बनाएकाे संविधान नै गुम्ने अवस्था पुगेको भन्दै अधिवक्ता श्रेष्ठले देउवालाई प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला हुनुपर्ने माग गरेका हुन्।

    ‘१४९ जना नै हस्ताक्षर गरेर दाबी गरेपछि काे चाहिन्छ ? ओलीले त अधिकार नै गुमाउनु भयाे । न त राजीनामा दिनु भयाे न त विश्वासकाे मत लिनुभयो’, उनले भने, ‘सांसदकाे परीक्षण प्रतिनिधि सभामा गर्ने हाे। तर, रातारात काम हुन्छ। ७६ (५) काे प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा बोलाउन आदेश जारी हुनुपर्छ।’

    उनले मुख्य कुरा संविधान सभाले बनाएकाे संविधान नरहने कि नरहने चिन्ता रहेको बताए। ‘अब कसले संविधान बचाउने। राष्ट्रपतिकाे अधिकारबारे राम्राेसँग व्याख्या हुनु पर्ने भएकाे छ। अघिल्लाे पटक प्रधानमन्त्रीको व्याख्या भएकाे थियाे त्यसले पुगेन,’ अधिवक्ता श्रेष्ठले थपे

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार