Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

के आईजीपी क्षेत्री संगठनमा निरीह बन्दै गएका हुन ?

काठमाडौं । आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची एसएसपी दिलिप चौधरीले  बिहीबारदेखि अवकाश पाएपछि नेपाल प्रहरीमा एसएसपीका तीन दरबन्दी रिक्त भएका छन् ।

तीन एसएसपीले ३० वर्षे सेवाअवधि नै पूरा नगरी उमेहदका कारण अवकाश पाएका हुन् । चौधरीले एसएसपीको ५५ वर्षे उमेरहदका कारण  अवकाश पाएका हुन् । आफुलाई डिआइजी बढुवामा अन्याय भएको बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गुनासो गरे ।

सेवाको अन्तिम दिन आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा चौधरीले भनेका थिए –‘मेरो क्वालिटी र मेरो कार्यसम्पादन नजरअन्दाज गरेर मलाई बढुवाबाट बन्चित गराइयो ।'

आफूलाई अन्याय भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राख्न खोज्दा समेत भेट नपाएको गुनासो गर्दै उनले संगठन प्रमुखले समेत चासो नदिएको बताएका थिए । उनले भनेका थिए–‘यसमा चाहिँ मलाई दुःख लागेको छ, आपत्ति जनाउँछु। यसले नैरश्यता तथा असुरक्षा महसुस गरेको छु । आईजीपी सापलाई भेट्न जाँदा बालुवाटरले नाम काटेको भन्नुभयो।’

एसपी बढुवा हुँदा पहिलो नम्बरमा भएकाले उनी प्रहरी नेतृत्वका दाबेदारमध्ये एक मानिएका थिए । तर, पावर नपुगेका कारण उनले एसएसपीबाटै अवकाश पाए । उनीभन्दा जुनियर ब्याचका एआईजी भइसकेका छन् ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन् ,  'एसएसपी दिलिप चौधरीलाई उनकै  ब्याची आईजीपीले चाहेको भए वढुवा गराउन सक्दथे, तर माथिल्लो निकायका यस्ता खालका समस्याको समाधानका लागि कन्भिन्स गर्न नसक्दा तथा एउटा  स्वार्थी समूहको कुरा सुन्दा इमान्दार आईजीपी संगठनमा दिनप्रतिदिन निरीह बन्दै गएका छन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077