Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशभरको मौसममा बदली

    देशभरको मौसममा बदली

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । देशभर आज मौसममा सामान्यदेखि पूर्ण बदली भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
    प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    शुक्रबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।



    प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा राति पनि मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    पहाडी भूभागमा पहिरो तथा तराइमा बाढीको खतरा रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार