Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पश्चिमी वायुको सामान्य प्रभाव : पहाडमा बदली, तराईमा हुस्सु

    पश्चिमी वायुको सामान्य प्रभाव : पहाडमा बदली, तराईमा हुस्सु

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव छ।

    अहिले देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।



    बुलेटिनअनुसार आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी तथा पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार