Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ।

    प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।



    बिहीबार देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।  देशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार